Homeसमाचारसरकारको कार्यशैलीका कारण संविधान र व्यवस्था माथि आक्रोश

सरकारको कार्यशैलीका कारण संविधान र व्यवस्था माथि आक्रोश

विर्तामोड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सिंहदरबारको कार्यशैली परिवर्तन नगरेसम्म संविधान अनुसार जनताका पक्षमा काम हुन नसक्ने बताउनु भएको छ ।
कांग्रेसको दोस्रो चरणको जागरणसभा अन्तरगत झापा क्षेत्र नम्बर–३ (ख) अन्तरगत विर्तामोड नगरपालिकाको–१० नम्बर वडामा आयोजित कार्यक्रममा बोल्दै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु भएका सिटौलाले दुईतिहाई बहुमतको दण्डा देखाएर संवैधानिक निकायहरुलाई वर्तमान सरकारले कम्युनिष्ट पार्टीको लाचार छायाँ बनाउन खोजेको आरोप लगाउनु भयो ।
संघीय लोकतान्त्रिक प्रक्रिया अनुसार सत्तामा पुगेको कम्युनिष्ट सरकार संविधानको बाटोमा नहिंडेको बताउँदै नेता सिटौलाले भन्नुभयो–सरकार संविधानको बाटोमा नभई कम्युनिष्टको पथमा हिड्न खोजेको छ ।’
सरकारले जनताका पक्षमा काम गर्न नसकेको कारण संविधानप्रति नै आक्रोश पोखिन थालेको टिप्पणी गर्दै भन्नुभयो–‘सरकारको कार्यशैलीका कारण जनआक्रोश व्यवस्था र संविधानमाथि खनिन् थालेको छ ।’ संविधान कागजी दस्तावेज मात्र भएको बताउँदै सिटौलाले सबै दल, सबै जाति, बर्ग समुदाय मिलेर ल्याएको संविधान कार्यान्वयनको जिम्मेवारी सरकारको भएको बताउँदै सरकार जनताको खुशीयालीका लागि नभई कम्युनिष्ट पार्टीका केही नेता कार्यकर्ताका लागि मात्र हो जस्तो देखिएकाले जनतामा निराशा बढ्दै गएको बताउनु भयो ।
कांग्रेस पार्टीभित्र पनि नेताहरुले आ–आफ्ना कमजोरी सच्याएर जनताको भावना समेट्नु पर्नेमा जोड दिंदै सिटौलाले भन्नुभयो–‘पार्टी संगठन आन्तरिक मामिलाबाट अघि बढ्नुपर्छ र नेतृत्वले पनि सबैलाई साथै लिएर हिड्न सक्नुपर्छ ।’
सो अवसरमा युवा नेता डा। शुशिल शर्मालाई सम्मान समेत गरिएको थियो । मदन गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा जागरण अभियानका केन्द्रीय प्रतिनिधि हसन अन्सारी, डा। सुशिल शर्मा, खड्ग राजवंशी, क्षेत्रीय सहसभापति नविन विमली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपाका क्रियाशील सदस्यसहित ४० बढीले अन्यपार्टी छोडेर कांग्रेसमा प्रवेश गरेको अध्यक्ष मदन गुरुङले जानकारी दिनुभयो । दुर्योधन गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन रुद्रप्रसाद खतिवडाले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकारको कार्यशैलीका कारण संविधान र व्यवस्था माथि आक्रोश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img