Homeसमाचारशुभकामना आदान–प्रदान सम्पन्न

शुभकामना आदान–प्रदान सम्पन्न

विर्तामोड २६ असोज । नेपाली काङ्ग्रेसले झापाले आज शुभकामना आदान–प्रदान तथा चियापान समारोह सम्पन्न गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन प्रत्येक बर्ष गरिदै आएको शुभकामना आदान–प्रदान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिइएको हो ।
यसअघि केन्द्रीय समितिले मात्रै गर्दै आएको शुभकामना आदान–प्रदान कार्यक्रम गत बर्षदेखि देशभरका जिल्ला समितिले पनि आयोजना गर्दै आएका छन् । सोही कार्यक्रमलाई निरन्तरता दिदै नेपाली कांग्रेस झापाले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा झापामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरुले सहभागिता जनाएका छन् ।
संक्षिप्त औपचारिक कार्यक्रम र बढी अनौपचारिक रुपमा शुभकामना आदान–प्रदान गरी मनाइएको कार्यक्रम संविधानसभा सदस्य तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवाकोटीले दुई ठूला मुलुकका बीचमा रहेको नेपालले दुवै देशबीच सामञ्जस्य कायम राख्न दलीय एकता अपरिहार्य रहेको धारणा राख्नुभयो । ‘कुनै पनि दलले निशेधको राजनीति गर्नुहुँदैन’– नेता शिवाकोटीले भन्नुभयो–‘नेपालका राजनीतिक दलहरु सबै एउटै डुङ्गामा छन्, डुब्दा सबै डुब्छन्, किनार लाग्दा पनि सबै लाग्छन् ।’ संविधान नचाहनेहरुले देशमा अस्थिरता सिर्जना गर्न खोजेको बताउँदै उहाँले यसप्रति सचेत रहन सबै दललाई आह्वान पनि गर्नुभयो ।

कार्यक्रमका अर्का बक्ता नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले दलीय एकता र सद्भावबाटै संविधान घोषणा भएको बताउँदै संविधान कार्यान्वयनको जिम्मेवारी सबैको काँधमा रहेको बताउनुभयो । झापामा दलीय एकता कायम रहेको बताउँदै उहाँले कृषि, पर्यटन र संस्कृतिमार्फत झापालाई समृद्ध बनाउन सकिने धारणा राख्नुभयो । कांग्रेसले आयोजना गर्ने शुभकामना आदान–प्रदानमा आफू विगतदेखि नै सहभागी हुने गरेको बताउँदै उहाँले भन्नभयो–‘वी.पी.ले दिन खोज्नुभएको सन्देश र यस कार्यक्रमले दिने सन्देश राम्रो छ, यो मुलुककै लागि आवश्यक छ ।’
सभापतिको आशनबाट बोल्दै नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले संविधानप्रति असहमत रहेका दललाई पनि मेलमिलाप नीति अपनाएर सहमतिमा ल्याउनुपर्ने धारणा राख्दै भन्नुभयो–‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सबै दलको प्रयत्नबाट सम्भव भएको थियो, अहिले लोकतान्त्रिक गणतन्त्र प्राप्त भइसकेको छ, दलीय एकतालाई कायम राखेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’
प्रदेश सांसद ओमप्रकाश सरावगीले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले शुरु गर्नुभएको शुभकामना आदान–प्रदान कार्यक्रमले वेग्लै ऊर्जा प्रवाह गर्ने बताउँदै भन्नुभयो–‘यसले अन्तरदलबीचको आपसी सद्भाव को वातावरण सिर्जना गर्छ , कार्यकर्तामा राजनीतिक ऊर्जा प्रवाह गरेको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजका संयोजक दिनेशराज पोखरेलले यस प्रकारका कार्यक्रमले राम्रो राजनीतिक संस्कार दिने बताउँदै मुलुकको विकासका लागि अन्तर्दलीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।


अन्तर्राष्ट्रिय झापाली समाजकै बरिष्ठ उपाध्यक्ष तथा किङस्टन इन्स्टिच्युट अष्ट्रेलियाका पि.इ.ओ. दिपक खनालले शुभकामना आदान–प्रदानले एकआपसमा आत्मीयता बढाउने बताउँदै भन्नुभयो–‘सबै दल मिल्ने हो भने विकास र समृद्धि यसअघि नै भइसक्थ्यो । समृद्धिका लागि हातेमालो गर्न हामी पनि तयार छौं, देशको विकासका लागि सबै मिलेर काम गरौं ।’
विर्तामोड नगरपालिका वडा नं–१० का वडाध्यक्ष दुर्योधन गुरुङले सबै पार्टीलाई समेट्नु शुभकामना आदान–प्रदान कार्यक्रमको राम्रो पक्ष भएको बताउँदै भन्नुभयो–‘चुनावमा प्रतिष्पर्धामा रहेका साथीहरु पनि कार्यक्रममा सहभागी भएर बधाई दिदै जानुभयो । यसले असल राजनीतिक संस्कारको विकास गर्छ ।’
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति राम कट्टेलले कार्यक्रमको औचित्य, मेलमिलाप नीति र चियापान समारोहका बारे प्रकाश पार्दै स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन प्रेम सम्बाहाम्फेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशुभकामना आदान–प्रदान सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img