Homeसमाचारअन्तर्राष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व

अन्तर्राष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व

विर्तामोड २६ असोज । अन्तर्राष्ट्रिय झापाली समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा छत्र सुब्बा सर्वसम्मत चयन हुनुभएको छ । शनिबार विर्तामोडमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा दिपक खनाल, उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुमा कृष्ण चापागाई, दिपक चुडाल, नविन पोखरेल, ललित न्यौपाने र मुकुन्द ढुङ्गाना चयन भएका हुन् ।
समितिको सहसंयोजकमा मध्यपूर्वबाट राजन कार्की र अमेरिकाबाट बादल भुजेल रहेका छन् । समितिको महासचिवमा खेमराज जमरकट्टेल र सदस्यहरुमा तिर्थराज कार्की, रिता थलङ र दुर्गा प्याकुरेल चयन भएका छन्
प्रमोद सिटौला प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तमा रुपराज मैनाली र राजु थापा रहेको निर्वाचन समितिले सर्वसम्मत समिति चयन गरेको हो । अधिवेशनले समाजको संरक्षकमा दिनेशकुमार पोखरेल र भवानी ओलीलाई चयन गरेको निवर्तमान अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
सन् २०१७ मा १८ वटा देशमा रहेका झापालीहरुलाई समेटेर गठित अन्तर्राष्ट्रिय झापाली समाजको सञ्जाल हाल ३२ वटा देशमा विस्तार भइसकेको छ भने तत्कालै ४० वटा देशमा विस्तार गर्ने योजना रहेको पोखरेलले जानकारी दिनुभयो ।
विदेशमा गएर कमाएको श्रम, सीप र आर्थिक लगानी मातृभूमिको विकासका लगानी गर्ने उद्देश्यले झापामा स्थायी घर भई विभिन्न देशमा रोजगारीका लागि पुगेका नेपालीहरुलाई समेटेर समाज गठन गरिएको संस्थापक अध्यक्ष भवानी ओलीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअन्तर्राष्ट्रिय झापाली समाजको नयाँ नेतृत्व
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img