• रेडक्रसद्वारा १५० परिवारलाई ‘गो व्याग’ – Janaandolan.com
  • Home / समाचार / रेडक्रसद्वारा १५० परिवारलाई ‘गो व्याग’

    रेडक्रसद्वारा १५० परिवारलाई ‘गो व्याग’

    झापा २ कात्तिक । विश्व खाद्य कार्यक्रमको सहयोग र रेडक्रस सोसाइटी झापाको आयोजनामा झापाका १५० विपन्न परिवारलाई ‘गो ब्याग’ वितरण गरिएको छ ।
    रेडक्रसले शनिवार झापा गाउँपालिकाको वडा नं.–७ स्थित चौधरी बस्तीका १५, टप्पुका ३७ र वडा नं.–३ स्थित नयाँ बस्तीका २३ परिवार, त्यसै गरी शिवसताक्षी–४ किच्चकडाँगीका ४२ र गौरीगञ्ज गाउँपालिका–१ विर्खे वस्तीका ३३ परिवारसहित १५० परिवारलाई गो ब्याग वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका मन्त्री चन्द्रप्रसाद चुडालले जानकारी दिनुभयो ।
    अत्यावश्यक सामग्री राखिने उक्त व्यागभित्र अर्को एकथान व्याग, ज्यारिकेन, माइक्लियर व्याग, टर्चलाई सेट र सिटीसमेत रहेको बताइएको छ ।
    यसैबीच रेडक्रसले अन्तराष्ट्रिय विपत जोखिम व्यवस्थापन दिवसको अवसर पारेर झापा गाउँपालिकामा सञ्चालित विपत् न्यूनिकरण कार्यक्रमको शनिवारै समापन गरिएको छ ।
    झापा गाउँपालिका वडा नं.–३ का वडाध्यक्ष मोतिलाल गणेशको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी झापाका मन्त्री चन्द्रप्रसाद चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चुडाल, विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी १ नं. प्रदेश उपकोषाध्यक्ष प्रकाशचन्द्र खरेल, भक्ति सिटौला, सुन्दरलाल गणेश, इश्वरीप्रसाद दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    वडा नं. ३ स्थित सिमलबाडीमा आयोजित कार्यक्रमको हरिशरण खड्काले सञ्चालन र स्वागत गीता सिटौलाले गर्नुभएको थियो ।

    About admin

    Check Also

    रोटरी क्लवले दियो भद्रपुर नगर सरकारलाई स्वास्थ्य सामग्री

    झापा १४ जेठ । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *