पत्रकार र स्रष्टा सम्मानसहित कनकाई खबरको समिक्षा

1 min read

सुरुङ्गा २ कातिक । झापाको कनकाई नगरपालिका क्षेत्रमा एक पत्रकारसहित साहित्यिक स्रष्टा सम्मानित भएका छन् ।
कनकाई सुरुङ्गा प्रेस क्लवको पाँचौ बार्षिकउत्सवको अवसर पारेर शनिवार पत्रकार तीर्थराज खरेल र साहित्यिक स्रष्टा गोविन्दप्रसाद घिमिरेलाई जनही नगद ८ हजार एक सय सहित सम्मान गरिएको हो । संचारको माध्यमवाट स्थानीय स्तरमा खोज अनुसन्धानमूलक समाचार सम्प्रेषण गरी लोकतन्त्र र जनताको पक्षमा निरन्तर रुपमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै पूर्वाञ्चल राष्ट्रिय दैनिकमा क्रियाशिल पत्रकार खरेललाई सम्मान गरिएको हो ।
त्यस्तै विगत पाँच दशक लामो साहित्यिक यात्रामा निरन्तरता दिँदै समाजमा देखिएका विकृति र विसंगतिलाई नेपाली साहित्यको माध्यबाट पुर्याएको योगदानको सम्मान स्वरुप स्रष्टा घिमिरेलाई अभिनन्दन गरिएको कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाले बताएका छन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दुवैजना सम्मानित व्यक्तित्वलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरेका हुन् । नगर प्रमुख पोखरेलले समाज रुपान्तरणमा साहित्य र पत्रकारिताको समान भुमिका रहेको भन्दै दुवै विधाको स्तरवृद्धिमा स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सम्मानित व्यक्तित्वद्धय तीर्थराज खरेल र गोविन्दप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ १ नं.प्रदेशका सदस्य एवम् साप्ताहिक पत्रिका संजाल झापाका अध्यक्ष तीर्थ सिग्देल, महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य , कनकाई नगरपालिका वार्डनम्बर ४ का वडाअध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याल , कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली , जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसारका अध्यक्ष ख्यामप्रसाद सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । सम्मानित व्यक्ति खरेलको पत्रकार लीलाराज झापाली र स्रष्ट घिमिरेको पत्रकार डिल्लीराम घोर्साईले व्यक्तित्व परिचय गराएका थिए ।
सोहि अवसरमा दोस्रो वर्षमा प्रवेश गरेको अवसर पारेर कनकाई नगरवाट प्रकाशित हुँदै आएको कनकाई खबर साप्ताहिकको वार्षिक विशेषाङ्कको समिक्षा गरिएको छ । प्रेस क्लवका अध्यक्ष एवम् पत्रकार निरौलाद्धारा सम्पादित कनकाई खबर साप्ताहिकको पत्रकार तीर्थ सिग्देलद्धारा समिक्षा गरिएको थियो । कार्यक्रममा नगर प्रमुख पोखरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य लगायत सहभागीहरुले सफलताको शुभकामना दिएका छन् । क्लवका अध्यक्ष निरौलाको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष संगीता उप्रेतीले स्वागत तथा सचिव मनोज वस्नेतले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © to Janaandolan | Newsportal By by Manish Upreti.