नयाँ उज्यालो र परोपकार साकोसको साधारणसभा – Janaandolan.com
Friday , July 10 2020
  • Home / TODAY TOP- 10 NEWS / नयाँ उज्यालो र परोपकार साकोसको साधारणसभा

    नयाँ उज्यालो र परोपकार साकोसको साधारणसभा

    विर्तामोड २३ कात्तिक । नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २६ लाख ३६ हजार एकसय ११ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
    संस्थाको आठौं बार्षिक साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाले विभिन्न शिर्षकमा परिचालन गरेको लगानीबाट उक्त मुनाफा आर्जन गरेको उल्लेख छ ।
    ७७ जना शेयर सदस्यको तीनलाख ८५ हजार शेयर पूँजीबाट शुरु भएको संस्थामा हाल एकहजार सातसय ५६ जना शेयर सदस्य छन् भने एककरोड ७८ लाख, ८१ हजार पाँचसय शेयर पूँजी रहेको अध्यक्ष शुष्मा भण्डारी पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
    साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका सहकारी विभाग प्रमुख डिल्ली दाहालले सहकारीबाट ऋण लिएर नतिर्नेलाई सरकारी सेवाबाट बञ्चित गरिने नयाँ सहकारी नीतिमा उल्लेख रहेको जानकारी दिनुभयो ।
    उहाँका अनुसार आगामी एकवर्ष भित्रमा सहकारी व्यवस्थापन सूचना प्रणाली सम्बन्धी सफ्टवेयर सबै सहकारीहरुले अनिवार्य प्रयोग गर्नुपर्ने र उक्त प्रणाली कार्यान्वयनमा आएपछि एक सहकारी एक सदस्यको नीति कडाईका साथ कार्यान्वयनमा आउने बताउनु भयो ।
    शेयर सदस्यलाई सुविधा दिने नाममा विषयगत कोषहरु स्थापना नगरी मूल पूँजीबाट राहत दिंदा सहकारी संस्था जोखिममा पर्नेतर्फ सचेत गराउँदै उहाँले उपचार, मृत्यु, जगेडा लगायतका कोष स्थापना गर्न सुझाव दिनुभयो ।
    कार्यक्रममा मिलनसार साकोसका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटा, साना मझौला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देविका बस्नेत, राष्ट्रिय सहकारी बैंकका अधिकृत राजेश थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कमलबहादुर थापाले सञ्चालन र प्रेमबहादुर लिम्बूले स्वागत गरेको कार्यक्रममा लेखापाल रोहित पौडेल र बजार प्रतिनिधि मनिषा न्यौपानेलाई नगदसहित सम्मान गरिएको थियो ।
    यसैगरी असल ऋणीतर्फ अनिता गुप्ता, तिलकराज बस्नेत र डिल्लीबहादुर श्रेष्ठ, असल बचतकर्ताहरु गायत्री राजवंशी, इन्दिरा बुढाथोकी र धर्मेन्द्र रजक ज्येष्ठ शेयर सदस्यतर्फ बृहस्पति शर्मा र यमबहादुर बराइलीलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
    यसैबीच परोपकार साकोसको विर्तामोडमा शनिवार आयोजित पाँचौं साधारणसभाका बीच १२ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
    परोपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं बार्षिककोत्सवको अवसर पारेर संस्थामा विविध क्षेत्रबाट उत्कृष्ट हुने १२ जनालाई सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुमा अनिवार्य बचततर्फ पर्शुराम खनाल र रेवता बुढाथोकी नेपाल, स्वेच्छिक बचततर्फ पदमप्रसाद तिम्सिना र चन्द्रमाया राजवंशी, बाल बचतकर्ता सुदिन अधिकारी र निम्जला श्रेष्ठ, उत्कृष्ठ ऋणी सूर्यप्रसाद पोखरेल, ज्येष्ठ सदस्य अम्बिकादेवी न्यौपाने, उत्कृष्ठ कर्मचारी प्रवचन नेपाल, पुरानो कार्य समिति सदस्यबाट जीवनकुमार श्रेष्ठ, निक्षेप उपसमिति संयोजक कान्तीबहादुर कार्की र २०७६ सालमा एसईइ उत्कृष्ठ उमेश पण्डितलाई सम्मान गरिएको हो ।
    सम्मानितलाई कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।
    समाजमा हुने विभिन्न प्रकृतिका अप्ठ्यारोमा सहयोग गर्ने उद्देश्यले २०५६ सालमा गठित परोपकार समाज विकसित हुँदै गएपछि २०७० सालमा सहकारीका रुपमा परोपकार बचत तथा ऋण सहकारी संस्थाका रुपमा दर्ता भई सञ्चालनमा आएको उक्त सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा आठ लाख ५४ हजार सातसय ४२ रुपैयाँ नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ । ९८९ सदस्य रहेको सहकारीको चुक्ता शेयर पूँजी एककरोड २६ लाख १९ हजार तीनसय रहेको जनाइएको छ ।
    संस्थाका अध्यक्ष डा. रुपक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महतारा, विशेष अतिथि विर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, राष्ट्रिय सहकारी बैंक झापाका प्रमुख मुना घिमिरे, लक्ष्मी बहुउश्यीय सहकारी संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेत, गोकुल अधिकारी, गुरुभक्त न्यौपाने, लक्ष्मी गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    About admin

    Check Also

    समयमा बाटो स्तरोन्नती नहुँदा आवत जावतमा समस्या

    भद्रपुर २३ असार । झापाको भद्रपुर स्थित वार्ड नं ५, ८ र ९ मा पर्ने …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *