Home / समाचार / युनिकमको नेतृत्वमा पुनः पौडेल

युनिकमको नेतृत्वमा पुनः पौडेल

हेटौडा २३ कात्तिक । प्रादेशिक संरचना अनुकूल संगठन निर्माण र कार्यक्षेत्र विस्तार गर्ने विधान संशोधन गर्दै नैपाल व्यापार कर्मचारी संघ (युनिकम) नेपालको हेटौडा अधिवेशन शनिवार सम्पन्न भएको छ ।
युनिकमको दोस्रो राष्ट्रिय अधिवेशनले गजेन्द्रबहादुर पौडेलको अध्यक्षतामा आगामी ४ वर्षे कार्यकालका लागि नयाँँ नेतृत्व पनि चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रविन शर्मा भूषाल, महासचिव एल एन दहाल, सचिव गोमा नेपाल र कोषाध्यक्षमा दुर्गा भट्टलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा दामोदर पाठक, मोहनचन्द्र दाहाल, श्यामप्रसाद खड्गी, कृष्ण पोखरेल, चिरञ्जीवी पौडेल र रमण घिमिरे निर्वाचित हुनुभएको छ । त्यसैगरी अधिवेशनबाट केन्द्रिय समितिको संचार संयोजकमा केशव भट्टराई चयन हुनुभएको छ ।
सबै प्रदेशमा समिति विस्तारका लागि संयोजकहरु चयन गरिएको छ । प्रदेश १ का लागि जीवन निरौला, प्रदेश २ मा रामजी कोइराला र ३ नम्बरका लागि खेम चौलागाई संयोजक रहनु भएको छ भने ४ नम्बर प्रदेशमा कृष्ण उपाध्याय, ५ नम्बर प्रदेशमा राजन अधिकारी र ७ नम्बर प्रदेशमा रमेश भट्ट संयोजकका रुपमा चयन हुनुभएको बताइएको छ ।

About admin

Check Also

‘भाउ मोलेर जनता उकास्ने र भड्काउने काम नगरौं’

विर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आगामी दश वर्षमा नेपालको समग्र नागरिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: