Homeखेलपुलिसलाई चर्च ब्वाइजले पाखा लगायो

पुलिसलाई चर्च ब्वाइजले पाखा लगायो

विर्तामोड २३ कात्तिक । उपाधीको दाबेदार नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापाको डोमालाला रंगशालामा जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
उपाधी नजिक पुगेको चर्च ब्वाइजले १–० गोलको नतिजाबाट पुलिसको चुनौती समाप्त पारेको हो । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा निर्णायक गोल भएको थियो । खेलको २३ औँ मिनेटमा पुलिसले पेनाल्टी सुटको अवसर पाएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले पुलिसका सुमन लामालाई तानेर लडाएपछि पेनाल्टी पाएको थियो ।
तर, पेनाल्टी सुटमा सुमनकै प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेपछि पुलिसको दुर्भाग्य सुरुवात भएको थियो । त्यसको ३ मिनेटपछि खेलमा चर्च ब्वाइज अग्रता बनायो । खेलको २६ औँ मिनेटमा सुनिल खड्काले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाए । उसका लागि भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले भली गरेर बचाउने प्रयास गर्दा भएको रिबाउन्ड बललाई सुनिल खड्काले गोलपोस्टको दिशा दिएका थिए ।
खेलको ५४औँ मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । वान भर्सेज वानमा चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईलाई मुख्य निर्णायक प्रकाश श्रेष्ठले रातो कार्ड देखाएर मैदान बाहिर पठाएका थिए । रातो कार्ड प्रतियोगिताकै पहिलो हो । खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए । पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अधिकांश प्रहार गोलमा परिणत हुन सकेन ।
खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता चर्च ब्वाइजका सुनिल खड्का घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १० वटा टिम सहभागी गोल्डकपमा सोमबार त्रिुभवन आर्मी क्लबले चर्च ब्वाइजसँग फाइनल खेलमा भिड्नेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलपुलिसलाई चर्च ब्वाइजले पाखा लगायो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img