Homeसमाचारउपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता

उपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता

धरानमा २३, मकालुमा ७, फाल्गुनन्दमा ८ उम्मेदवार

झापा २७ कात्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहानगरपालिकाको प्रमुख पदमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
धरानमा १३ दलका र १० स्वतन्त्र उम्मेद्वार गरी २३ जनाको मनोनयन दर्ता भएको हो । धरान नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका तर्फबाट तिलक राई, नेकपाकाबाट प्रकाश राई, समाजवादी पार्टीबाट गजेन्द्रबहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेश १ का तीन स्थानीय तहसहित १० स्थानमा उपनिर्वाचन हुँदैछ । जस अन्तरगत संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा ७ र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
पाँचथरका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार फाल्गुनन्द गाउँपालिका अध्यक्षमा ८, फिदिम–२ को वडाअध्यक्षमा ७ र हिलिहाङ गाउँपालिका–३ को वडाअध्यक्षमा–७ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यालय संखुवासभाका प्रमुख टोलाराज दंगालका अनुसार मकालु गाउँपालिकामा नेकपाबाट तेजप्रसाद पोखरेल, नेपाली कांग्रेसबाट विमन पराजुली, समाजवादी पार्टीबाट नुर्भ शेर्पा, राप्रपाबाट मेघनाथ राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कविता राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img