चितवन १० पुस । बुधबारेका जेसीहरुले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरेको छ । नेपाल जेसीजको ४६ औं अधिवेशनका लागि चितवन पुगेका बुधबारे जेसीजका पदाधिकारीहरुले ११ हजार ६ सय रुपैंयाँ व्यक्तिगत रुपमा संकलन गरेर गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाका प्रतिनिधिलाई बिहिबार रकम हस्तान्तरण गरेको बुधबारे जेसीजका कार्यकारीणी उपाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो ।
निर्माणाधिन रंगशालाले अन्तराष्ट्रिय पहिचान बनाउन सक्ने संभावना रहेको रंगशाला निर्माणमा थोरै भएतापनि बुधबारे जेसीजले सहयोग वाग्लेले बताउनु भयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष हेमन्त बराल, कार्यकारीणी उपाध्यक्ष अनिल वाग्ले, दिपेन सिटौला, महासचिव मुकेश भट्टराई, उपाध्यक्ष अर्जुन ढकाल,गजुहाङ, नवराज कोइराला, कानुनी सल्लाकार चन्द्र कटुवाल, कोषाध्यक्ष कृष्ण ढकाल,सदस्य सुदिप ढकाल, पर्शुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला आगामी बैसाखमा सक्ने गरि काम भइरहेको फाउण्डेसनका प्रतिनिधि अमृ्रत अधिकारीले जानकारी दिनुभयो । राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला निर्माणका लागि आर्थिक स्रोत कसरी जुट्दैछ भन्ने कुराको चासो घुम्न आउनेले पनि राख्ने गरेको प्रतिनिधि अधिकारीले सुनाउनु भयो ।
चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणाधिन अवस्थामा छ ।