रोदनका बीच प्रेस स्वतन्त्रता र हाँसो दिवस – Janaandolan.com
Friday , July 10 2020
  • Home / TODAY TOP- 10 NEWS / रोदनका बीच प्रेस स्वतन्त्रता र हाँसो दिवस

    रोदनका बीच प्रेस स्वतन्त्रता र हाँसो दिवस

    इन्दु पूर्वेली
    विश्वका धेरै मुलुकका नागरिक यसबेला लकडाउनमा छन् । मानिसका दैनन्दिन घरभित्रै सिमित छन् । प्रत्येक मानिसको दैनिकी भद्रगोल भएको छ, यसले भोलि अर्थात भविष्यमा निम्त्याउने आर्थिक संकट अनुमान र कल्पना बाहिरको कुराजस्तै बनिरहेको छ । विशेष गरी दुई महिना खेतीको काम गरेर बर्षभरी खाने अन्न भित्र्याउने किसान, मूला, साग आदिलाई गुन्द्रुक बनाउने, करेला, बन्दा÷फूलगोभी आदिको चाना काटेर सुकाउने र सागसब्जीको बेसिजनका बेला गर्जो टार्ने हाम्रो किसानी संस्कारका कारण नेपालको अधिकांश ग्रामीण भेगका जनता यसबेला भोकभोकै छैनन् । तर दिनहुँ मजदुरी गरेर रोजीरोटीको ब्यवस्थापन गर्ने मजदुर वर्गको दैनन्दिन भोकभोकै हुन थालेको छ भने शहरी क्षेत्रको दैनिकी कष्टकर बनेको छ । अभाव र भोकमरीमा परेका अधिकांश मजदुर वर्गले यसबेला ‘राहत होइन, लकडाउन खोलेर मजदुरी गर्न देऊ’ भनेर याचना गरिरहेको पृष्ठभूमीले जोकोहीको मन कँुडिन्छ ।
    जनताको अभिभावकको रुपमा रहेको र जनतासँग प्रत्यक्ष सम्पर्कमा आउने स्थानीय सरकारको रुपमा रहेका जनप्रतिनिधिहरुले कतिपय स्थानमा राम्रै काम गरेपनि कतिपय स्थानमा कार्यालयभित्रै राहत थन्क्याएर जनतालाई भोकभोकै राखेर ‘हामीलाई सोधेर मात्रै खानुपर्छ, अरुले राहत बाँड्नै पाउदैनन्’ भनेर प्रतिबन्द लगाएको अवस्थाले सहयोगी मन र दाताहरुको मन मात्रै खुम्चिएको छैन, जनताको चुल्हो चिसो बनेको छ । साथै जनप्रतिनिधिप्रति वितृष्णा जागेको छ । निर्वाचनका बेला भोजभतेर लगाएर आफ्नो पकड बलियो बनाउने र खान नपाएर भोकभोकै मर्नुपर्ने वर्तमान परिवेशमा राहत माग्दा ‘मेरो घरबारी बेचेर राहत दिनु ?’ भनी प्रश्न गर्ने तथा जनतासँग तर्किएर हिड्ने जनप्रतिनिधिको नियतलाई जनताले नजिकबाट बर्गीकरण गरिरहेका छन् । यस समय संघीय सरकारले विशेष ध्यान पु¥याउनुको सट्ठा सत्ता लिप्सा र कुर्सी तानातानमा अल्झिएर जनताको लासमाथि गरिरहेको भ्रष्टाचारको मूल्याङ्कन पनि जनताले गरिरहेकै छन् ।
    विज्ञानको तीब्र विकास गरेर हतियारका बलमा विश्वविजय गर्ने दम्भसहित प्रतिष्पर्धा गरिरहेका विश्वका शक्तिशाली मुलुकहरु एउटा सानो भाइरससँग लड्न र यसलाई जित्न सकिरहेका छैनन् । हाम्रो देश नेपाल र नेपालजस्ता विकासोन्मुख मुलुकहरु ठूलठूला मुलुकद्वारा उत्पादित प्रदूषणको असर र यसले बेलाबेलामा ल्याउने विश्वब्यापी संक्रामक रोगको जोखिम र असर ब्यहोरिरहेका छन् ।
    विगतको इतिहास र अहिलेको पृष्ठभूमिलाई नियाल्दा प्रत्येक एकसय बर्षको अवधिमा संक्रामक रोगले विश्वमा असर पु¥याइरहेको छ, यसको नियन्त्रण केवल प्रकृतिबाट मात्रै सम्भव छ, अर्थात विज्ञानको बल र ईश्वरीय सत्ताको दुई ध्रुवमा ईश्वरीय सत्ताका अगाडि विज्ञानको केही जोर नचल्ने सन्देश संक्रामक रोगको जोखिम नियन्त्रणमा देखिएको अन्योलले दिएको छ भन्दा अत्युक्ति हुँदैन । प्रकृतिको संरक्षण, शारीरिक श्रम, हाम्रा सांस्कृतिक तथा पारम्परिक चालचलनको निरन्तरता, प्रकृतिमा पाइने जरिबुटीको निरन्तर सेवन, अग्र्यानिक उत्पादन र तिनको उपभोगले रोग प्रतिरोधक क्षमता बढाउनेतर्फ बल्ल मानवको होस खुलेको छ ।
    विश्व कोरोना भाइरस संक्रमणको सन्त्रासमा त्रसित रहेको अवस्थामा आम मानवलाई घरभित्रै सुरक्षित बसेर आफू, आफ्नो परिवार र समाजलाई जोखिम नियन्त्रणका लागि सघाउन अपिल गर्दै यतिवेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सडकमा उत्रिएको अवस्था छ । अझ सञ्चारकर्मीले पनि फिल्ड रिपोटिङलाई केही मात्रामा कम गरेर टेलिफोन, इमेल, इन्टरनेटको सहयोगमा सूचना प्रवाह गर्न सक्ने अवस्था छ भने नागरिकको सुरक्षार्थ निरन्तर खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मी प्रसंशाका पात्र हुन् ।
    विद्रोही पक्षले राज्यसत्ताका विरुद्ध आन्दोलन गर्दा होस्, राज्यसत्ताले विद्रोही पक्षलाई दमन गरेर विद्रोह मत्थर पार्न गरेको प्रयत्न होस् वा दोहोरो द्वन्द्वको मारमा परेरै किन नहोस्, प्रेस जगतले आम नागरिकसामु सूचना पस्किएका थिए र छन् । अझ नेपालमा लोकतान्त्रिक शासन ब्यवस्था ल्याउनका लागि सञ्चारकर्मीले अग्रपंक्तिमा रहेर गरेको आन्दोलन अविश्मरणीय छ, यसको एउटै ध्येय र लक्ष विश्वब्यापी प्रेस स्वतन्त्रताको मूल्य र मान्यतालाई स्थापित गर्दै आम मानवको अभिब्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि थियो ।
    मुलुकमा लोकतन्त्र स्थापना भइसकेपनि लोकतान्त्रिक मूल्य, मान्यता, विधि, प्रक्रिया र पद्धतिको पूर्ण पालना शासकले गर्न सकिरहेको देखिदैन । जसका कारण प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित भइरहेकै छ, यसको मतलव संवैधानिक रुपमा लोकतान्त्रिक शासन ब्यवस्था भएपनि शासकहरु संविधान, कानून, विधि र प्रक्रिया मिचेर अलोकतान्त्रिक र अधिनायकवादी बनेका उदाहरण बेलाबेला देखिदैछन् । यो प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक शासन ब्यवस्थामाथिकै प्रहार हो भन्दा अत्युक्ति हुँदैन र यस्ता घटनाले शासन ब्यवस्थामाथि नै वितृष्णा उत्पन्न गराउनु दुःखद पक्ष हो ।
    आज हामी विश्व प्रेस स्वतन्त्रता दिवस र हासो दिवस मनाइरहेका छौं । जोडिएर आएका यी दुई दिवसको सन्दर्भलाई हाम्रो शासनब्यवस्थासँग जोड्ने हो भने सत्तामा बस्नेले गरेका गलत गतिविधिका विरुद्ध सञ्चारमाध्यममा आएका समाचारहरुका विषयमा प्रमुख उत्तरदायित्वमा बसेकाहरुबाट आएको गाली गलौजपूर्ण धम्की हास्यास्पद छ । तर हामी पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टीसहित आम मानवको अभिब्यक्ति स्वतन्त्रता सुरक्षित हुँदा मात्रै हास्न सक्ने परिवेशमा छौं ।
    अफ्रिका महादेश अन्तर्गत नामिवियाको विण्डहक शहरमा २९ अप्रिलदेखि ३ मार्चसम्म सञ्चालन भएको संयुक्त राष्ट्रसंघको साधारणसभामा अफ्रिकी सञ्चारमाध्यमहरुले प्रेस स्वतन्त्रताका लागि उठाएको आवाज नै विश्वको सञ्चारको इतिहासमा प्रेस स्वतन्त्रताको पहिलो कसिको रुपमा रहेको छ, यसलाई आधार मान्दै विश्वका १८० बढी देशहरुले यो दिवस मनाउँदै आएका छन् । हामी नेपाली सञ्चारकर्मीहरु पनि विगत बर्षमा विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउँदै आएका थियौं । यसबर्ष कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण भेटघाट र औपचारिक कार्यक्रमहरु नगरी सामाजिक सञ्जाल वा दूरभाषयन्त्रमार्फत शुभकामना साटासाट गरेर मनाइरहेको अवस्थामा यही आलेखमार्फत म आम सञ्चारकर्मी, पाठक, शुभचिन्तक सबैमा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ब्यक्त गर्न चाहन्छु ।
    संकटको यो समय र लगभग ४० दिनदेखि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्की प्रविधिको उच्चतम प्रयोगमार्फत वा निस्कनै परेको अवस्थामा सुरक्षा सामग्रीहरुको पूर्ण प्रयोग गर्दै समाचार, सूचना सम्प्रेषण, सरकारका कामकारबाही, जनताका समस्या र गुनासा आम जनसमुदायसामु पु¥याउनु सञ्चारमाध्यमको प्रमुख दायित्व हो, यो दायित्व पत्रकारहरुले पूरा गरिरहेकै अवस्था छ । लकडाउनका कारण पत्रपत्रिका प्रकाशन र वितरणमा कठिनाई भए पनि अनलाइन, टि.भि., रेडियो आदि सूचनाका प्रमुख स्रोत बनेका छन् अहिले । यस विषम परिस्थिति र यसले भविष्यमा निम्त्याउन सक्ने आर्थिक संकटका कारण कुनै पनि सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको रोजीरोटी गुम्ने अवस्था नआओस् भन्ने कामनासहित आ–आफ्नो जिम्मेवारी, कर्तब्य पालना गर्दै निस्पक्ष, तटस्थ, सत्य, तथ्य सूचना सम्प्रेषण गर्दै निष्ठापूर्ण पत्रकारिताको विकासमा आजका दिनले विशेष प्रेरणा प्रदान गरोस् शुभकामना ।

    About janaando lan

    Check Also

    समयमा बाटो स्तरोन्नती नहुँदा आवत जावतमा समस्या

    भद्रपुर २३ असार । झापाको भद्रपुर स्थित वार्ड नं ५, ८ र ९ मा पर्ने …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *