• बहर काटेको आरोपमा तीन पक्राऊ – Janaandolan.com
  • Home / Uncategorized / बहर काटेको आरोपमा तीन पक्राऊ

    बहर काटेको आरोपमा तीन पक्राऊ

    गौरादह जेठ । झापाको गौरादह–४ का तीनजना बहर काटेको आरोपमा पक्राऊ परेका छन् ।
    गौरादह–४ का २८ बर्षीय रमेश दर्जी, ५० बर्षीय रमेश सतार र सोही स्थानका ६० बर्षीय मद्रासी सतार बहर काटेर खाएको आरोपमा पक्राउ परेका हुन् ।
    तीनजना मिलेर आइतबार राति १० बजे रमेश दर्जीको घरमा बाच्छो काटेर मासु खाएको र बाच्छाको टाउको तथा दुईवटा खुट्टा खेतमा पुरेको अवस्थामा फेला पारेको भन्दै स्थानीयले महारानीझोडा प्रहरी चौकीमा खबर गरेका थिए ।
    घटनाको जानकारी पाउनसाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान गर्ने क्रममा गाईको बाच्छो काटेको प्रमाणित भएकाले उनीहरुलाई पक्राऊ गरिएको र तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको १ नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    About jana

    Check Also

    झापामा थप ५ जनामा संक्रमण, जाेखिम बढ्दै

    झापा ७ जेठ ।  झापामा भारतबाट आएर कचनकवल गाउँपालिकाकाे क्वारेन्टाइनमा बस्दै आएका थप ५ जनामा …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *