Homeसमाचारझापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल सञ्चालनका लागि पहल गर्ने

झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल सञ्चालनका लागि पहल गर्ने

झापा ८ जेठ । कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ ।
जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच बिहीवार बिर्तामोडमा भएको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।
यसअघि बुधबार दक्षिणी झापाको कचनकवलमा कोरोना संक्रमितको संख्या बढेसंगै कचनकवलको अवलोकनमा आउनु भएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको उपस्थितिमा भएको छलफलमा पिसिआर परिक्षण केन्द्र र कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको हो ।
त्यसका लागि प्राविधिक टोलीले स्थानको चयन गर्नेछ भने पिसिआर परीक्षण र कोरोना विशेष अस्पताललाई आवश्यक सहयोग प्रदेश सरकारलाई माग गर्ने निर्णय भएको थियो ।
अस्पताल तथा पीसीआर परीक्षण प्रयोगाशाला स्थापनाका लागि स्थान पहिचान लगायतका काम तत्काल अघि बढाउनेसमेत निष्कर्ष निकालिएको छ । कोरोना भाइरसको पीसीआर पद्दतिद्वारा परीक्षण र अस्पताल स्थापनाका लागि झापामा सञ्चालित ‘एकका लागि एक’ अभियानको तर्फबाट एक हजार थान भीटीएम किट खरिद गर्ने सहमति भएको छ । भीटीएम अर्थात् भाइरल ट्रान्सपोर्ट मिडियम भनेको स्वाब राख्ने भाँडो हो ।
छलफलमा जिल्लास्तरीय समितिका संयोजक पोर्तेल, नेपाल कम्युनिष्ट पार्टी झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, जनता समाजवादी पार्टी झापाका अध्यक्षद्वय अनुतसिंह राजवंशी र दीपेन बाला राई , राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका वरिष्ठ उपाध्यक्ष कमलप्रसाद खरेलले कोरोना महामारी नियन्त्रणमा झापामा भएको कामको समीक्षासहित आफ्नो धारणा राखेका थिए । उनीहरुले झापामा राजनीतिक दलहरुबीचको सहकार्य र एकताका कारण महामारी नियन्त्रणको कार्य प्रभावकारी रुपमा भएको निष्कर्ष निकालेका छन् । जिसस प्रमुख पोर्तेलले दलहरुले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले महामारी नियन्त्रणका लागि जिल्लास्तरीय समिति तथा विभिन्न तहका सरकारसँग अभियानलाई जोड्दै साझेदारीमा कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलमा ‘एकका लागि एक’ अभियान अन्तर्गत साझेदार संस्थाले हालसम्म गरेको कामको समीक्षासहित संकटको बेला पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरिएको थियो । कोरोना नियन्त्रण जिल्लास्तरीय समिति र अभियानको सहभागितामा कोरोना उपचार, परीक्षणका लागि जिल्लास्तरमा तत्काल गर्नुपर्ने कार्यबारे अध्ययन गरी अघि बढ्ने सहमति समेत भएको छ ।
सीमा क्षेत्रमा अहोरात्र खटिएका तर न्यूनतम् सुविधासमेत नपाई रहेका सुरक्षाकर्मीका लागि आधारभूत आवश्यकता तत्काल पूरा गर्न पहल गर्नेसमेत सहमति भएको छ । महामारीको अवस्था झन् जटिल बन्दै गएको अहिलेको अवस्थामा आर्थिक, सामाजिक, राजनीतिक रुपमा समेत अझ एकताबद्ध भई साझा र समन्वयात्मक ढंगले अघि बढ्ने दलहरुले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दलका नेताहरुको एउटै आवाज थियो –‘दलीय राजनीतिभन्दा माथि उठेर महामारी नियन्त्रणमा अघि बढ्नुको विकल्प छैन । सबै दल झापालाई तत्काल कोरोना मुक्त जिल्ला बनाउने अभियानमा अझ प्रयत्नशील रहने छौं ।’
कोरोना महामारी नियन्त्रणमा जिल्लास्तरीय समिति र दलहरुको भूमिका तथा कामको समीक्षा गरिएको थियो ।
छलफलको संयोजन सम्वाद समूह झापाले गरेको थियो । जिल्लास्तरीय समितिका संयोजक तथा दलका नेताहरुले अबका दिनमा गर्नुपर्ने काम र भूमिकाको बारेमा समेत चर्चा गरेका थिए । ‘एकका लागि एक’ अभियानका संयोजक गिरीले अभियानको उद्देश्य र हालसम्मका कामबारे जानकारी गराउनु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल सञ्चालनका लागि पहल गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img