• बाबुको हत्या गरेर घरभित्रै शब गाड्ने दाजुभाई पक्राउ – Janaandolan.com
  • Home / समाचार / बाबुको हत्या गरेर घरभित्रै शब गाड्ने दाजुभाई पक्राउ

    बाबुको हत्या गरेर घरभित्रै शब गाड्ने दाजुभाई पक्राउ

    विराटनगर ८ जेठ । सन्तान भए बुढेसकालमा सहारा हुन्छ भन्ने हाम्रो आशा सबैको हुन्छ । यो स्वाभाविक पनि हो । तर कहिले काँहि तीनै सन्तान आफ्नै काल बनिदिन्छन् । यस्तै भएको छ मोरङको विराटनगर महानगरपालिकामा । ७० वर्ष पुग्न लागेका बाबुलाई आफ्नै दुई सन्तानले कोदालोले हिर्काएर हत्या गरेका छन् । सामान्य घरायसी विवादमा विराटनगर महानगरपालिका–१४ का सीताराम चौहान (६९) को छोराहरुबाट हत्या भएको खुलेको छ । सीताराम छोराहरुसँगै घरायसी खर्चका लागि धेर थोर पैसा मागिरहन्थे । कान्छो छोरो वेपत्ता भएपछि उनी जेठो र माइलोसँग छोरासंग सहयोग माग्थे । ‘पैसा देओ’ भनेकै कारण दुई छोराले बाबुको हत्या गरेको खुलेको हो ।
    सामान्य विवादमा उनलाई जेठा छोरा रोहित र माइला नागेन्द्रले कोदालोले हिर्काएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । शनिवार साँझ चौहान दाजुभाई मातेर घर पुगेका थिए । बाउले पैसा मागेपछि उनीहरु रिसाए । बाउमाथि पहिलो आक्रमण रोहितले गरे । कोदालोले हानेर उनले बाउलाई ढाले । अनि माइलो नागेन्द्रले त्यही कोदालोले हाने । एकैछिनमा सीतारामको ज्यान गयो ।
    बाउ मारेपछि नागेन्द्र आफ्नो डेरामा सुत्न गए । रोहित बाउ भएकै घरमा सुते । भोलिपल्ट विहान घरभित्रै खाल्डो खनेर दाजुभाइले लास गाडे । नागेन्द्रकी श्रीमती जैनुव खातुनले ससुरा आउन छोडेपछि खोजखबर सुरु गरिन् । ससुराको मोवाइल अफ भएपछि शंका लाग्यो । घरमा गएर हेर्दा भुइ खोस्रिएको भेटिएपछि उनले प्रहरीमा खबर गरिन् ।
    ‘प्रहरीले बिहीवार खनेर हेर्दा घरभित्रै शव भेटियो’, मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भन्नुभयो ‘योजना नभई मदिराको सुरमा बाबुको हत्या गरेको खुलेको छ ।’ बाबुको हत्यामा संलग्न दाजुभाईलाई नै प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

    About jana

    Check Also

    रोटरी क्लवले दियो भद्रपुर नगर सरकारलाई स्वास्थ्य सामग्री

    झापा १४ जेठ । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *