Homeसमाचारभारतीय सीमा क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश रोक्न नसक्दा झापामा कोरोना संक्रमण तीव्र

भारतीय सीमा क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश रोक्न नसक्दा झापामा कोरोना संक्रमण तीव्र

द्रोण अधिकारी
भद्रपुर ९ जेठ ।
झापामा नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिले फैलिरहेको अवस्थाको जिम्मेवारी प्रहरी प्रशासनको टाउकोमा थुप्रिएको छ । बन्दाबन्दी कार्यान्वयनका लागि सीमा बन्दको जिम्मेवारी लिएका प्रहरी प्रशासनले सरकारको निर्णय अनुसार भारतीय सीमा क्षेत्रबाट हुने लुकीछिपी नेपाल प्रवेश रोक्न नसकेपछि कोरोना संक्रमण तीव्र भएको दोष प्रहरी प्रशासनमा ठोक्किएको हो ।
झापामा देखिएको कोरोना संक्रमितको विवरण अध्ययन गर्दा भारतबाट केही दिनयता नेपाल प्रवेश गर्ने नै बढी संक्रमित पाइएको छ । ती व्यक्तिहरू सरकारी निर्णयले नेपाल प्रवेश गरेका नभएर सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीसितको समन्वयमै प्रवेश गरेको बताउने गर्छन् । भारतबाट च्यानल मिलाएर नेपाल पसेका अधिकांसमा कोरोना संक्रमण देखिएको छ ।
लगभग हरेक ढेड किलोमिटरको दुरीमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको भिन्ना भिन्नै सुरक्षा पोष्ट राखेर सीमासिलको जिम्मेवारी दिइएको छ । बन्दाबन्दी पालना गराउन सरकारले नेपाल भारत सिमानामा झापा जिल्लाका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको गरी १५९ अस्थायी पोष्ट खडा गरेको छ । जसमा शसस्त्र प्रहरीको १२८ र नेपाल प्रहरीको ३१ वटा अस्थायी पोष्ट मार्फत सीमासिलको जिम्मेवारी निर्वाह गरिरहेका छन् । नेपाल भारत सीमा क्षेत्र झापा जिल्लामा १४४.२ किलो मिटर रहेको छ । जसमा सीमा सुरक्षा बलका स्थायी रूपमा रहेका ८ वटा सीमा सुरक्षा पोष्टमा कार्यरत प्रहरी निरीक्षक सहित १६ जना प्रहरी निरीक्षकले नेतृत्व गरेर सीमा बन्दका लागि काम गरिरहेका छन् भने सीमा क्षेत्रमा एक हजार एकसय ९३ जना सुरक्षाकर्मी परिचालित छन् ।
तर, पछिल्लो समय भारतीय सीमा नाकाबाट लुकीछिपी आउने मानिसको संख्या बढ्दै जाँदा कोरोना सर्ने त्रास स्थानीयमा बढ्दो रहेको छ । केही मोटरसाइकल, गाडी ग्यारेजका मानिसहरू पैसा लिएर मानिस वारपार गर्ने अवैध व्यापारमा लागेको समेत स्थानीयको भनाइ छ । त्सैगरी नेपालबाट घरेलु मदिरा र गाई गोरू भारतिर लैजाने र भारमा अलपत्र परेका भनिएका नेपाली नेपाल ल्याउने गिरोह सकृय रहेको सीमा आसपासका बासिन्दा बताउने गर्छन् । यस कार्यमा नेपाल भारत दुवै देशका सुरक्षाकर्मीको मिलिभगत रहेको बताइने गरेको छ । दैनिक दुई सय भन्दा बढी व्यक्तिहरू झापाका बाहुण्डाँगीदेखि गौरीगञ्जसम्मका नाकाबाट नेपाल प्रवेश गरिरहेका छन् । ४ दिनको अवधिमा यी नाकाबाट एक हजार बढी व्यक्ति झापा प्रवेश गरिसकेको भए पनि यहाँका स्थानीय सरकार बन्दाबन्दी कडा पार्ने कागजी निर्णयमै सिमित देखिएका छन् ।
सिमानाकामा सुरक्षाकर्मीको उच्च निगरानी रहेको भनिए पनि खुला सिमाका कारण झापा प्रवेश गर्ने क्रक बढिरहेको छ । यहाँका नाकाबाट भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका नेपालीहरू दैनिकजसो रातको समयमा लुकिछिपी प्रवेश गर्ने क्रम रोकिएको छैन् ।
कचनकवल गाउँपालिकाको औपचारिक विवरण अनुसार भारतीय सीमा क्षेत्रबाट लुकिछिपी प्रवेश गर्ने १९० जनालाई पक्राउ गरि ४ वटा विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । यसरी भारतीय सीमाबाट प्रवेश गर्नेहरू मध्ये ३३ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ भने अधिकांसलाई कोरोना संक्रमण रहेकाले परीक्षणको क्रम जारी छ ।
यता भद्रपुर नगर सरकारले सीमा नाकाहरूबाट अनाधिकृत प्रवेश गर्ने व्यक्तिहरू, टोल वस्तीमा आएका शंकास्पद व्यक्तिहरूको विशेष निगरानी राखेर टोल विकास संस्थाका पदाधिकारी तथा संस्थागत, सामुदायिक विद्यालयका शिक्षकहरूले स्थानीय जनप्रतिनिधि वा प्रहरीलाई जानकारी गराउन निर्देशन जारी गरेको छ । यस्तै नगर सरकारको बैठकले वैदेशिक रोजगारीमा रहेका र फर्कन चाहने वा फर्किएका व्यक्तिहरूको अभिलेख संकलन गरी अद्यावधिक गर्ने, नगरपालिका क्षेत्रका क्वारेन्टिनमा रहेका व्यक्तिहरूको विवरण यथासिघ्र तयार गरि नियमित रूपमा प्रतिवेदन तयार गर्ने निर्णय गरिसकेको छ । तर, अहिलेसम्म भारतीय सीमा क्षेत्रबाट भद्रपुर प्रवेश गरेका व्यक्ति पहिचान गरेर नियन्त्रणमा लिन नगर सरकारले सकेको अवस्था छैन ।
भद्रपुर नगरपालिका भित्र ३ वटा क्वारेन्टिन निर्माण गरिएको छ । भद्रपुर १ स्थित हिमाली मावि, भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस र भद्रपुर १० स्थित कलवलगुरी प्रशिक्षण केन्द्र भवन गरी ३ वटा क्वारेन्टिन सञ्चालनमा ल्याइएको हो । जसमा मेची क्वाम्पस क्वारेन्टिनमा २१३ तथा कलवलगुरी क्वारेन्टिन ६८ जना राखिएको छ । यी सवै काँकरभिट्टासित सीमा जोडिएको पानी ट्यांकी नाकाबाट नेपाल प्रवेश गरेका नेपाली बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभारतीय सीमा क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश रोक्न नसक्दा झापामा कोरोना संक्रमण तीव्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img