• बलात्कार तथा यौनजन्य हिंसा : समस्या र समाधानका उपायहरु – Janaandolan.com
  • Home / महिला / बलात्कार तथा यौनजन्य हिंसा : समस्या र समाधानका उपायहरु

    बलात्कार तथा यौनजन्य हिंसा : समस्या र समाधानका उपायहरु

    सावित्रा दाहाल

    १. विषय प्रवेश
    नारी वा स्त्री भन्नाले जैविक विभिन्नतालाई जनाउँछ । छोरा/छोरी वा पुरुष र स्त्रीलाई चिनाउने प्राकृतिक नैसर्गिक भेद नै जैविक लिङ्ग भेद हो भने समाजद्वारा निर्धारण गरिएका महिला र पुरुषबीचका फरक फरक भूमिकालाई सामाजिक लिङ्गभेद भनिन्छ । जुन मानिसद्वारा सृजित हुन्छ र परिवर्तन गर्न सकिन्छ ।
    सामाजिक लिङ्गभेदका कारण हाम्रो समाजमा थुप्रै प्रकारका लैङ्गीक हिंसाका घटना हुने गरेका छन् । लैङ्गीक हिंसा सदियौं देखि हाम्रो समाजमा विद्यमान छ । यही कुरालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष नोभेम्वर २५ देखि १० डिसेम्वर अर्थात १६ दिनसम्म लैङ्गीक हिंसा विरुद्धको अभियान सञ्चालन गर्ने गरेको छ । महिला हिंसा लैङ्गीक हिंसाको एक स्वरुप हो ।
    महिला हिंसा लैङ्गीक विभेदका कारण महिला माथि हुने हिंसा हो । अर्थात महिला माथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पु¥याउने कुनैपनि कार्य महिला हिंसा हो । महिला हिंसाका विभिन्न स्वरुप मध्ये यौन हिंसा एक हो ।
    यौन मानिसको प्राकृतिक, जैविकीय र आधारभूत आवश्यकता हो । हिन्दूहरुका मठ मन्दिरमा राखिएका तस्विरले पनि यौनलाई सकारात्मक पक्षको रुपमा लिएको देखिन्छ तर यसो भन्दैमा सामाजिक मूल्य, मान्यता, आदर्श, सांस्कृतिक परिवेश र डरत्रासको वन्धनलाई तोडेर यौन चाहाना पूरा गर्नु गलत हुन्छ । यौन हिंसा भन्नाले असामाजिक, अप्राकृतिक वा गलत तरिकाबाट यौन सन्तुष्टी प्राप्त गर्ने प्रक्रिया हो । जस्लाई यौन दुराचार वा यौन विकृति पनि भनिन्छ । नेपालमा यौन हिंसाको शिकार वढी मात्रामा महिलाहरु हुने गरेका छन् । स्त्रीहरु माथि गरिने यौनजन्य अवैध, अनुचित र नाजायाज व्यवहार अर्थात उनीहरुलाई भोग विलासको साधन सम्झेर कुनैपनि प्रकारको यौनजन्य क्रियाकलाप गरिनुलाई यौन हिंसा भनिन्छ । यसैगरी स्त्रीमाथि नराम्रो दृष्टिकोणले संवेदाशील अङ्गहरुमा नजर लगाउनु, जिस्काउनुु, छुने प्रयास गर्नु वा छुनु, अश्लिल र अनैतिक टिप्पणी गर्नु आदि पनि यौन हिंसाको श्रेणीमा पर्दछन् । यौन हिंसाका विभिन्न स्वरुप मध्येको वलात्कार एक गम्भिर अपराध हो ।
    २. बलात्कार के हो ?
    वलात्कार कुनैपनि महिला वा बालिकालाई उसको मञ्जुरी विना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन सम्पर्कलाई भनिन्छ । त्यसैगरी उमेर नपुगेको व्यक्तिलाई ललाई फकाई मञ्जुरी लिई वा नलिई गरिने यौन क्रिडालाई पनि बलात्कार कै रुपमा लिईन्छ । नेपालको कानुनले गरेको परिभाषा अनुसार यो फौजदारी अभियोग हो ।
    मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग २ फौजदारी कसुरहरुको परिच्छेद १८ मा करणी सम्बन्धी कसुर भनी यो अपराधलाई नियन्त्रण गर्ने सजायको व्यवस्था गरेको छ । उक्त परिच्छेदको दफा २१९ मा उल्लेख गरे अनुसार बलात्कार (करणी) भन्नाले कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको ठहर्छ भनी उल्लेख गरेको छ :
    ३. नेपालमा बलात्कारको अवस्था :
    नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ११३१ वटा जवरजस्तीकरणी तथा ५३६ वटा जवरजस्तीकरणी उद्योगका घटनाहरु भएका छन् भने आर्थिक वर्ष २०७४/०७५ मा १४८० वटा जवरजस्तीकरणी र ७२७ वटा जवरजस्तीकरणी उद्योगका घटना भएका छन् यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा २२३० वटा जवरजस्तीकरणी घटना भएका छन् भने ७८६ वटा जवरजस्तीकरणी उद्योगका घटना भएका छन् । विगतमा कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको वलात्कार पछि हत्या गर्ने अपराधि अहिलेसम्मपनि पत्ता लाग्न सकेको छैन । उक्त घटनाको केही समय पछि पोखरामा यस्तै घटना भयो । प्रहरीले तत्कालै अपराधीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । यी लगायत देशभरी नै बलात्कारका घटना भईरहेको समाचार प्रकाशन र प्रशारण भइरहेका छन् । नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्क अनुसार नेपालमा विगत तीन वर्षमा भएका बलात्कार तथा बलत्कारजन्य घटंनाहरुको विवरण यस प्रकार छ :

    झापाको अवस्था :
    झापामा भएका वलात्कारका घटनाको प्रकृतिलाई हेर्दा ५ वर्ष भन्दा कम उमेरका बालिकाहरु पनि वलात्कारका शिकार भएका छन्, झापाको अर्जुनधारा न.पा., दमक न.पा., झापा गा.पा. लगायतका क्षेत्रमा यस्ता घटना भएका हुन् । झापाकै हल्दीवारी गा.पा.मा आफ्नै हजुरबुबा (आमाको मामा) बाट १३ वर्षिया बालिका बलात्कृत भई गर्भवती भइन् । यसैगरी छिमेकी जिल्ला इलामको रोङ गाउँपालिकाकी ७१ वर्षीया बृद्ध हजुरआमा आफनै नाति उमेरको २३ वर्षिय छिमेकी पुरुषबाट बलात्कृत भइन् ।
    जिल्ला प्रहरी कार्यालय झापाबाट प्राप्त तथ्याङ्क अनुसार झापामा विगत तीन वर्षमा भएका बलात्कार तथा बलात्कारजन्य घटनाहरुको विवरण यस प्रकार छ :

    माथिको संख्यालाई विश्लेषण गर्दा बलात्कार र बलात्कारजन्य घटनाको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । प्राप्त समाचार तथा तथ्याङ्क अनुसार देशभरी नै १० वर्ष भन्दा कम उमेरका बालिकाहरु बढी मात्रामा वलात्कृत हुने क्रम बढ्दो रहेको छ । प्रहरी अनुसन्धान अनुसार ७० प्रतिशत भन्दा बढी बलात्कारका घटना परिवारका सदस्य वा चिनजानका मानिसबाट हुने गरेका छन् । यी घटनाहरुले जुनसुकै उमेरका महिला वा बालिकाहरु असुरक्षित रहेको स्पष्ट हुन्छ । यसको साथै बालिका तथा महिलाहरु आफ्नै घर परिवार र आफन्तसँग जोगिनुपर्ने भयावह स्थिति सृजना हुँदै गएकोछ ।
    ४. बलात्कारका प्रकार
    वलत्कारलाई विभिन्न तरिकाबाट वर्गिकरण गरिएको छ, जसलाई निम्नानुसार उल्लेख गरिएको छ :
    क. असक्षम व्यक्तिलाई गरिने वलात्कार : (Dininished Capacity Rape ) : शारीरिक तथा मानसिक रुपले असक्षम महिलालाई गरिने यौन क्रियाकलाप यस अन्तर्गत पर्दछ । सुस्त मनस्थितिका महिला वा लागुपदार्थ सेवन गरेर मातेको अवस्थामा गरिने यौन क्रियाकलाप यसका उदहारण हुन् ।
    ख. उमेर समूहगत वलात्कार (Age- Related Rapa) : कानुनी रुपमा तोकिएको उमेर भन्दा कम उमेरका बालिकासँग गरिने बलात्कार यस अन्तर्गत पर्दछ नेपालको कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरका बालिकासँग सहमती मै यौन सम्पर्क राखेमा पनि वलात्कार गरेको ठहर्छ ।
    ग. बैबाहिक बलात्कार : (Partner/Marital Rape) : श्रीमान् श्रीमति बीचमा सहमतीमा यौन सम्पर्क भएपनि निम्नलिखित अवस्थामा बलात्कार भएको मानिन्छ अ. यौन कार्यका शिलशिलामा शारीरिक क्षति पु¥याएमा आ. अप्राकृतिक यौन क्रियाकलाप, जस्तै : गुद्द्वार, मुख आदिमा ंगरिने यौन क्रियाकलाप यस अन्र्तगत पर्दछन् ।
    घ. सामिप्यताको आधारमा हुने बलात्कार (Acquaintance Rape), कुनै महिला र पुरुषको विभिन्न ठाउँ वा सामाजिक गतिविधिमा सम्लग्न हुँदा पहिलादेखि नै चिनजान र परिचय भएको र सोही आधारमा कुनै महिला वा बालिकामाथि हुने बलात्कार यस अन्र्तगत पर्दछ ।
    ङ. सामुहिक वलात्कार (Gang Rape), व्यक्तिहरुको समूह मिलेर एकजना व्यक्तिलाई बलात्कार गर्नुलाई सामुहिक बलात्कार भनिन्छ । नेपालका तगायत विश्वका धेरै विकासोन्मुख देशहरुमा यस प्रकारका घटनाहरु सार्वजनिक हुने गरेको छन् ।
    च. हाडनाताकरणी (Incest) : आप्mनो नजिकको रगतको नाता पर्ने व्यक्तिहरुसँग यौन सम्बन्ध राख्नुलाई हाडनाता करणी भनिन्छ ।आफ्नै अभिभावकले बाबु र छोरी वा आमा र छोरा बीचको यौन क्रियाकलाप साथै मामा वा काकाबाट र भाञ्जी वा भतिजी तथा काकी वा भाइजु र भाञ्जो वा भतिजो बीचको यौन सम्पर्क बलात्कारको श्रेणीमा पर्दछन् ।
    ५. बलात्कारका असरहरु :
    वलात्कार अपराधिक मानसिकताको एक उपज हो । यसले परिवार, समाज र राष्ट्रको विकासमा थुप्रै असरहरु पु¥याउँछ । जसलाई निम्नानुसार उल्लेख गरिएको छः
    १. बालिका बलात्कृत भए उसलाई शारीरिक, मानसिक, शैक्षिक तथा मनोवैज्ञानिक असर पर्न सक्छ ।
    २. किशोर्री बलात्कृत भए गर्भवती हुनसक्ने, सामाजिक रुपमा वहिष्कृत हुनसक्ने, मनोवैज्ञानिक असर पर्न सक्ने, हत्या वा आत्महत्या हुनसक्ने
    ३. महिला गर्भवती भई नावालक वच्चा जन्मने र बाबुको परिचय पाउन झञ्झटिलो कानुनी प्रक्रिया । ४. पीडित महिलालाई समाजमा पुनस्र्थापनामा समस्या ।
    ६. सम्भता र समाज विकासमा बाधा पुग्ने ।
    ७. अन्तराष्ट्रिय स्तरमा नेपाल हेर्ने दृष्टिकोण नकारात्मक हुने ः नेपाल एक शान्त र संस्कृति सम्पन्न देश हो भन्ने विदेशीको वुझाईमा परिवर्तन भई पर्यटन प्रबद्र्धनमा ठुलो धक्का लाग्ने ।
    ६. वलात्कार हुने कारणहरु
    वलत्कार हुने कारणका सम्बन्धमा विभिन्न विद्वानहरुले आ–आफ्नो दृष्टिकोण राखेका छन् । समाजशास्त्रीहरु बलात्कार समाजको अपराधिक मानसिकताका कारणले हुन्छ भन्दछन् भने औषधी विज्ञानले १५ वर्ष देखि ५५ वर्षसम्म मानिसमा अत्याधिक यौन चाहना हुने र यसलाई पूरा गर्न वलत्कार हुने गरेको धारणा व्यक्त गरेको छ । यसैगरी सामाजिक अभियान्ताहरु प्रविधिको दुरुपयोग र पितृसतात्मक समाजको सोचका कारण बलत्कार हुने गरेको बताउँछन् । समग्रमा बलात्कार हुने कारणहरुलाई निम्नानुसार बुँदागत रुपमा उल्लेख गरिएको छ ः
    १. समाजका मानिसहरुको अपराधिक मनोवृत्ति, २. कानुनको कडाईका साथ कार्यान्वयन नहुनु, ३. अपराधीलाई राजनैतिक संरक्षण, ३. खुल्ला तथा पूजिँवादी समाजको ंप्रभाव, ४. खानपान : असन्तुलित रसायनयुक्त वां विषादीयुक्त खानेकुराको प्रयोग, ५. मादक पदार्थको बढ्दो सेवन तथा दुव्र्यसन, ६. सामाजिक सञ्जाल राखिएका अश्लिल भिडिंयो, गीत, फिल्म र तस्विरहरु, ७. सञ्चार माध्यममा यौन उत्तेजना फैलाउने सामाग्रीको प्रकाशन ंर प्रशारण, ८. प्रतिरक्षा वा आत्मरक्षा सम्बन्धी पर्याप्त ज्ञान तथा कानुनको अभाव, ९. बैदेशिक रोजगार, १० पहुँचका आधारमां न्याय सम्पादन हुने प्रवृत्ति, ११. विद्यालयस्तरको पाठ्यक्रममा यौन शिक्षाको ंविषय समावेश नहुनु, १२. आफ्ना बालबालिकालाइ यौन हिंसा र यसबाट हुनसक्ने आक्रमण तथा बच्ने उपायहरुको वारेमा सानैदेखि जानकारी नगराउनु, १३. असामाजिक व्यक्तिको आपरांधिक मनोवृत्ति, १४. गरिबी, १५. टेस्टेस्टंरेन नामक हर्मोनको अत्याधिक उत्पादन, १६. डाक्टरद्वारा हस्ताक्षरित गलत ल्याव प्रतिवेदन ।
    ७. बलात्कार नियन्त्रणका उपायहरु :
    बलात्कार जस्तो गम्भिर अपराधलाई समयमा नै रोकथाम गर्न नसके यसले समाज र विश्व सामु नेपालको प्रतिष्ठामा पनि गम्भिर आँच आउने छ । यसलाई समयमै नियन्त्रण गरिनुपर्दछ । यसका नियन्त्रणका उपायलाई बुदागत रुपमा निम्नानुसार उल्लेख गरिएको छ :
    १. राज्यसंरचनाका अङ्गहरु कानुन तर्जुमा र कार्यान्वयनमा संवेदनशील बन्नु पर्दछ । (यसो नभएमा अपराधिको मनोवैज्ञानिक रुपमा मनोवल बढ्छ । कडा कानुन भएका देशहरु सिंगापुर दुवही जस्ता देशमा
    यस्ता घटना कमै मात्र भएको सुन्न पाईन्छ ।) २. विद्यालयस्तरको पाठ्यक्रममा यौन शिक्षाको विषय समावेश हुनुपर्ने, ३. आफ्ना बालबालिकालाई सानैदेखि घरमा यौन हिंसा र यसबाट हुनसक्ने आक्रमण तथा बच्ने उपायहरुको बारेमा जानकारी गराउनुपर्ने ।
    ३. पहुँचको आधारमा न्यायसम्पादन हुने प्रवृत्तिको अन्त्य हुनुपर्ने । ४. प्रतिरक्षा वा आत्मरक्षा सम्बन्धी कानुन बनाई कडाईका साथ कार्यान्वयन हुनुपर्ने ।
    ५. जिम्मेवार निकायले घटना स्थलका प्रमाणको सुरक्षा गर्नुपर्ने। मुख्यगरी प्रहरी प्रशासन तथा अनुसन्धानमा खटिने सुरक्षा अधिकारीहरुबाट निष्पक्ष, तटस्थ छानविनका साथै तथ्य प्रमाणहरुको सुरक्षा गर्नुपर्ने ।
    ६. कानुनको कडाईका साथ कार्यान्वयन हुनुपर्ने साथै न्याय सम्पादन चुस्त, दुरुस्त र पारदर्शी हुनुपर्ने । ७. जनचेतनामा वृद्धि, ८. मनोचिकित्सक परामर्शको व्यवस्था गर्नुपर्ने ।
    ९. राजनैतिक पार्टीहरु दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्ने । १०. महिलाहरुको क्षमतामा बृद्धि, ११. मानिसलाई नैतिक शिक्षा दिइनुपर्ने । १२. पुरुषलाइ भोक्ता र महिलालाई भोग्याको रुपमा हेने सामाजिक दृष्टिकोण परिवर्तन गरी महिला र पुरुष एकअर्काका परिपुरक हुन् भन्ने धारणाको विकास गर्नुपर्ने । १३. सञ्चार माध्यम तथा समाजिक सञ्जालका सञ्चालकहरुले आपंm्नो सामाजिक उत्तरदायित्व सम्झी अपराध र अपराधीको मनोवल गिराउने चेतनामूलक कार्यक्रम, विषयवस्तु प्रकाशन, प्रशारण निःशुल्क रुपमा गर्नुपर्छ ।
    १४. उपभोग्य तथा मनोरञ्जनका सामाग्रीहरुको विज्ञापनमा यौन उत्तेजना फौलाउने खालका सामग्रीको प्रकाशन, प्रदर्शन वा प्रशासण गर्न राज्यले रोक लगाउनु पर्छ ।
    ८. कानुनी व्यवस्था
    मुलुकी फौजदारी संहिताको दफा २१९ ले करणी सम्बन्धी कसुरमा हुने सजायबारे उल्लेख गरको छ । उक्त संहिताको दफा २१९ को उपदफा ३ मा भएको व्यवस्था अनुसार ः
    क. १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म जेल सजाय, ख. १० वर्ष भन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म जेल सजाय
    ग. १४ वर्ष भन्दा वढी र १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म जेल सजाय, घ. १६ वर्षभन्दा बढी १८ वर्ष भन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म जेल सजाय, ङ. १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म जेल सजायँ बलात्कारपछि हत्या गरेको अवस्थामा आजीवन कैदको व्यवस्था कानुनले गरेको छ ।
    ९. क्षतिपूर्तिको व्यवस्था
    मुलुकी अपराध (संहिता) ऐन, २०७४ दफा २२८ मा यस कसुरबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिव क्षतिपूर्ति भराईदिनुपर्ने छ ।
    माथि उल्लेखित कानुनी सजाय र क्षतिपूर्तिको व्यवस्था आफैमा अस्पष्ट छ । मनासिव क्षतिपूर्ति भन्ने शब्दले अन्योल उत्पन्न गरी तजविजी अधिकार प्रत्यायोजन गरेको छ । यसको साथै उक्त कानुनमा पीडकले उन्मुक्ति पाउने प्रशस्त वाटाहरु छन् । गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४” कानुनमा आम जनताले धेरै आशा राखेका थिए । यद्यपी आशा गरे अनुरुपको कानुन आउन नसकेको उनीहरुको ठम्याई छ यसको साथै भएका कानुनको पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
    १०. हाम्रा सवालहरु
    १. धरौटीमा बलात्कारीलाई छोड्न मिल्छ कि मिल्दैन ? २. वलात्कारको मुद्दालाई मिलापत्र गर्न मिल्छ कि मिल्दैन ?, ३. वलात्कार घटनाका सम्बन्धमा राज्य संरचना सम्वेदनशील बन्नु पर्छ कि पर्दैन ?
    ५. बलात्कार विरुद्धमा प्रतिरक्षा वा आत्मरक्षा सम्बन्धी कडा कानुन बन्नुपर्छ कि पर्दैन ? ६. कानुनी कारवाहीका लागि आवश्यक पर्ने ठोस प्रमाण जुटाउने, भएका प्रमाणको संरक्षण गर्ने जिम्मेवारी कस कसको हो, ७. डाक्टरद्वारा हस्ताक्षरित गलत ल्याव प्रतिवेदनको जिम्मेवार को हुने ?
    ११. अन्त्यमा,
    वर्तमान अवस्थामा नेपाली समाज अपराधीको अखडा बन्र्दै गइरहेको छ । बाबुले छोरीलाई, हजुरवाले नातिनीलाई, ४ वर्षिया बालिका देखि ७१ बर्षिया बृद्ध हजुरआमा पनि बलात्कारका शिकार भईरहेका छन् । मावल गएकी भाञ्जी, विद्यालय गएकी विद्यार्थी, वसमा यात्रा गर्ने यात्रु, आफन्त वा साथी भाइ कहा गएकी चेली, कामकाजी महिला जो कोही पनि सुरक्षित छैनन् । यो त केवल ूत्ष्उ या तजभ ष्अभदभचनू एजभलयmभलयल जस्तै हो । निर्मला हत्या काण्डले वलात्कार विरुद्ध राष्ट्रिय आन्दोलनको रुप लिएको छ । यसले अपराध अनुसन्धानका क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएको प्रहरी प्रशासनको छवि माथि गम्भिर प्रश्न उठेको छ । यद्यपी कतिपयं घटनामा भने समयमा जाहेरी नआउने र ंसबुद प्रमाण नष्ट भई सक्ने ंंतथा पीडित प्रभावमा परेको कारण घटनाको निष्पक्ष छानविन गर्न र न्याय सम्पादन गर्न चुनैति भएको प्रहरी भनाई रहेको छ ।
    वलात्कार कानुनी रुपमा दण्डनीय, सामाजिक रुपमा निन्दनीय र मानवअधिकारको गम्भिर उल्लघन हो । यो समाज, सभ्यता र विकासको गम्भिर कलंक हो । त्यसैले समाजमा यस्ता घटना हुन नदिन हामी सबैले आ–आफ्नो क्षेत्रबाट सरकरात्मक र सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ । यसका लागि कानूनमै परिमार्जन गर्ने र वलात्कारीलाई कडा भन्दा कडा सजाय, अपराधीको सर्वश्वहरण गरी पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुका साथै पीडक माथि सामाजिक वहिष्करण गरी पीडितलाई पुनस्थापित हुने बातावरण वनाउन सबै तह र तप्काको सक्रियता आवश्यक छ । यसका लागि हामी सबैको सामाजिक मानसिकतामा व्यवहारिक परिवर्तन आवश्यक छ । यो विषयमा वहस हुनुपर्दछ । यो राष्ट्रिय स्तरको गम्भिर समस्यालाई नियन्त्रण गर्न आम सरोकारवालाहरु एकै ठाउँमा भएर समस्याको समाधानको लागि एकयैबद्धता जनाऔं । धन्यवाद
    (प्रस्तुत लेख : प्रतिनिधि सभाका माननीय सांसद पवित्रा निरौला खरेल, झापा क्षेत्र नं. २ का प्रदेश सभाका माननीय सांसदहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय निकाय प्रमुख तथा उपप्रमुखहरु, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख लगायतको उपस्थितिमा नारी सञ्चार गृह, झापाद्वारा आयोजित बलात्कार तथा यौनजन्य हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा प्रस्तुत अवधारणा–पत्रमा आधारित)
    लेखक : नारी सञ्चार गृह, झापाका संस्थापक अध्यक्ष हुनुहुन्छ ।

    About jana

    Check Also

    श्रीमानको कुटाईबाट श्रीमती घाइते

    विर्तामोड ७ चैत । श्रीमानको कुटाईबाट विर्तामोड नगरपालिका वडा नं.–१० की सर्मिला राई घाइते भएकी …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *