विप्लव नेतृत्वको नेकपा र प्रहरी आमने–सामने, एक प्रहरीसहित दुईको मृत्यु

1 min read

भोजपुर २५ असार ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली प्रहाबाट बुधबार बिहान भोजपुर बजारको हटिया लाइनमा एक प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रहरी जवान सन्जिव राई रहेको महानिरीक्षक कार्यालयका एसपी रमेश थापाले जनाएका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
प्रहरीले प्रतिकार गर्दा एक जना विप्लव कार्यकर्ताको पनि मृत्यु भएको छ । मारिनेमा नीरकुमार राई रहेको बताइएको छ । मृतक राई विप्लव नेकपाका ओखलढुंगा इन्जार्च समेत रहेको प्रहरीले जनाएको छ ।
त्यस क्षेत्रमा विप्लवका कार्यकर्ताहरु आएको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा गस्ती बढाएको थियो । सोही क्रममा सादा पोशाकमा रहेका प्रहरी जवान राई र विप्लव कार्यकर्ता निरकुमार राईबीच जम्काभेट भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी र विप्लवका कार्यकर्ता आमने–सामने हुने बित्तिकै उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेको र लगत्तै प्रहरीले जवाफी फायर गरेको थियो ।
प्रहरीले घटनास्थलबाट चाइनिज पेस्तोल र चार राउण्ड गोलीसमेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © to Janaandolan | Newsportal By by Manish Upreti.