पूर्वी नाकाबाट चार अर्व बढीको आयात

1 min read

काकरभिट्टा २५ असार । चालु आर्थिक वर्षको यो अवधीमा मेची भन्सार भएर चार अर्व ४४ करोड मूल्य बराबरको तरकारीसहित अन्य सामग्री आयात भएको छ ।
काँकरभिट्टा नाका हुँदै भारत, वंगलादेश, चीन, भूटानबाट तरकारी, फलफूल जस्ता सामग्री आयात भएको भन्सार प्रमुख किरण अर्यालले जानकारी दिए ।
अघिल्लो एक आर्थिक वर्षमा लगभग चार अर्ब ३६ करोडको सामग्री आयात भएको थियो यो वर्ष अघिल्लो वर्षको तुलनामा आयातमा आठ करोडले बृद्धि भएको तथ्याङ्कले देखाउँछ ।
भन्सार कार्यालयको तथ्याङ्क अनुसार लक्ष्य अनुरुप राजश्व संकलनमा गिरावट आएको छ । बार्षिक १२ अर्व राजश्व संकलन गर्ने लक्ष्य रहेपनि लक्ष्य अनुसार संकलन हुन नसकेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । यो वर्ष कोइला, क्लिङकर, वंगलादेशबाट आयात हुने जुस लगायतका सामग्री आयात हुन नसक्दा भन्सार संकलनमा पनि गिरावट आएको उनले बताए । कार्यालयले यो अवधीमा चालु आवमा १० अर्व राजश्व संकलन हुने बताए ।
वर्ष कोइला, क्लिकङर आयातमा कमी आएसंग राजश्व संकलनमा गतवर्षदेखि नै कमी आएको हुनले जानकारी दिए ।
चालु आर्थिक वर्षको यो अवधिमा भारतसहित अन्य मुलुकबाट एक लाख मेट्रिक टन विभिन्न सामग्री आयात हुँदा नेपालबाट भने १२ हजार मे.ट. मात्र निर्यात भएको तथ्याङ्क छ ।
नेपालबाट अदुवा, अलैंची, मूला, बन्दा, स्कूस लगायतका तरकारी जन्य कृषि उत्पादन बाहिरिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © to Janaandolan | Newsportal By by Manish Upreti.