कनकाईको लक्षित बजेट एक करोड

कनकाई २६ असार/ कनकाई नगरपालिकाको तेस्रो नगरसभाले लक्षित वर्गको बजेटमा उल्लेख्य बृद्धि गरेको छ ।
नगरपालिकाले तेस्रो नगरसभाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि एक करोड बजेट विनियोजन गरेको उपप्रमुख मञ्जु दाहाल प्रसाईले बताइन् ।
यसअघि चालु आर्थिक वर्षका लागि ७५ लाख बजेट विनियोजन गरेको नगरपालिकाले तेस्रो नगरसभाबाट लक्षित वर्गको बजेट बृद्धि गरी एक करोड पुर्याएको बताइएको छ ।
न्यायिक समितिलाई आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरपालिकाले उपप्रमुख सुत्केरी पोषण कार्यक्रमको बजेटमा पनि बृद्धि गरेको बताइएको छ । चालु आवमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा आव ०७६/०७७ का लागि पोषण भत्तामा चार लाखले बृद्धि गरी सात लाख रुपैयाँ छुट्याएको उपप्रमुख प्रसाईले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: