Homeखेलविश्वकप क्रिकेटको उपाधि पहिलो पटक इंग्ल्याण्डको हातमा

विश्वकप क्रिकेटको उपाधि पहिलो पटक इंग्ल्याण्डको हातमा

निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बनेको हो ।
न्यूजिल्याण्डले दिएको २४२ रन पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएपछि खेल टाइ भएको थियो ।
सुपर ओभरमा इंग्ल्याण्डले पहिले ब्याटिङ गरेर १५ रन बनायो । सुपर ओभरमा इंग्ल्याण्डका लागि जस बटलर र बेन स्टोक्सले ब्याटिङ गरे । न्यूजिल्याण्डका लागि भने ट्रेन्ट बोल्टले बलिङ गरे ।
सुपर ओभरमा न्यूजिल्याडलाई जितका लागि १६ रन चाहिएको थियो । न्यूजिल्याण्डका लागि जेम्स निशाम र मार्टिन गप्टिलले ब्याटिङ गरे । जोफ्रा आर्चरले पहिलो बल वाइड फाले । त्यसपछि निशामले दुई रन लिए । त्यस्तै दोस्रो बलमा उनले छक्का हाने । तेस्रो र चौथो बलमा २–२ रन लिए । पाँचौँ बलमा निशामले एक रन लिए । अन्तिम बलमा गप्टिल रनआउट हुन पुगे र रोमाञ्चक खेल इंग्ल्याण्डले बढी बाउण्ड्री हानेका आधारमा जित्न पुग्यो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
खेलविश्वकप क्रिकेटको उपाधि पहिलो पटक इंग्ल्याण्डको हातमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img