सवारी दुर्घटनामा दुईको मृत्यु – Janaandolan.com
Friday , July 10 2020
  • Home / समाचार / सवारी दुर्घटनामा दुईको मृत्यु

    सवारी दुर्घटनामा दुईको मृत्यु

    विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० पूर्व–पश्चिम राजमार्गमा बस पल्टिदा २ जनाको मृत्यु भएको छ ।
    मृत्यु हुनेमा बसका सहचालक मोरङ कानेपोखरी गाउँपालिका ३ का ३१ बर्षिय टिकाराम थापा र बसमा सवार अर्का एक रहेका छन् । अन्दाजी ३५ बर्षका ती पुरुषको पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
    विहीबार बिहान सवा ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रीत भई दुर्घटना भएको थियो ।
    दुर्घटनामा बसमा सवार पहिचान नखुलेका पुरुषको घटनास्थलमा नै मृत्यु भएको थियो भने बसका सह–चालकको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाईतेहरुमा ५ जनाको न्युरो अस्पताल बिराटनगरमा, ८ जनाको मोरङ डाइनेस्टिक अस्पताल पथरीमा, ६ जनाको पथरी अस्पताल पथरीमा र अन्यको नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

    About admin

    Check Also

    सरकारी कार्यालयमा सामाजिक दुरी चाहिंदैन ?

    झापा २५ असार । सरकारले कोरोना भाइरसबाट जोगिन दुईमिटर सामाजिक दुरीमा बस्नुपर्ने सूचना सार्वजनिक गरेको …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *