कराँतेको समर क्याम्प विर्तामोडमा – Janaandolan.com
Friday , July 10 2020
  • Home / खेल / कराँतेको समर क्याम्प विर्तामोडमा

    कराँतेको समर क्याम्प विर्तामोडमा

    विर्तामोड ३ साउन । कराँते खेलाडीहरुको सीप विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले झापाको विर्तामोडमा त्रिदिवसीय कराँते प्रशिक्षण टेक्निकल सेमिनार समर क्याम्प आजदेखि विर्तामोडमा शुरु भएको छ ।
    झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुरु क्याम्पको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच समुद्घाटन गरिएको हो । कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि तथा विर्तामोड नगरपालिकाका उपमेयर पवित्रा महतारा प्रसाइले खेलले ब्यक्तिको बौद्धिक र शैक्षिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
    कार्यक्रममा समाजसेवी हर्कलाल गिरी, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, विर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङलगायतले शुभकामना मन्तब्य राख्नुभयो ।
    झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश उपाध्यक्ष भेषराज भण्डारी प्रशान्त र सञ्चालन टहलदास मैनालीले गर्नुभएको थियो ।

    झापा जिल्लाभरीका सिङ्गल वोर्न वेल्ट र ब्ल्याक वेल्ट गरी लगभग १८० खेलाडीको सहभागिता रहेको कार्यक्रम तीनदिनसम्म चल्नेछ । प्रशिक्षणमा काँता, कुमुते लगायत कराँते खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आएको परिवर्तित प्रविधि र नियमका बारे जानकारी दिइने र उक्त प्रशिक्षणले क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाउँदा सहयोग पुग्ने झापा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
    प्रशिक्षणमा राष्ट्रिय प्रशिक्षक राजु महर्जनसहित कुमार उप्रेती, दुर्गा निरौला, मिना पाठक, सिता राई, किशन मोहोते, विष्णु नेम्बाङ, श्याम राई, जीवन राईलगायतले प्रशिक्षण दिनुहुनेछ ।

    About admin

    Check Also

    सताक्षी गोल्डकपमा– मछिन्द्र अन्तिम चारमा

    शिवसताक्षी ७ फागुन। झापाको झिलझिलमा जारी सताक्षी गोल्डकपको तेश्रो संस्करण अन्तर्गतको वुधबारको खेलमा मछिन्द्र क्लव …

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *