Homeसमाचारसमाचारइरानद्वारा नौ भारतीय सैनिक रिहा

इरानद्वारा नौ भारतीय सैनिक रिहा

एजेन्सी, १० साउन । गत जुलाई १४ मा इरानले पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिक मध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
तेल बोक्ने उक्त पानीजहाज (एमटी रिआ) लाई गैरकानूनी रूपमा बेचेको पेट्रोलियम पदार्थको तस्करी गरेको आरोप लगाउँदै इरानले कब्जामा लिएको थियो । इरानी सरकार, अमेरिका र बेलायतबीच आणविक सम्झौताबाट फर्कने र इरानलाई नयाँ नाकाबन्दी लगाउने घोषणा उग्ररूप लिँदा र हर्मुज घाँटी भएर तेल लान यो वा त्यो कारण देखाई समस्या उत्पन्न गर्दै आएको सम्बद्ध मुलुकहरूले जनाएका छन्।
तर ती मुलुकका जहाजमा चालक दलका सदस्यका रूपमा काम गर्ने अन्य विदेशी नागरिक पनि इरानको कारबाहीमा पर्ने गरेका छन्। यो रिहाईसँगै अब इरानको कब्जामा २१ अन्य भारतीय रहेका छन्। इरानले एमटी रिआका अन्य तीनसहित बेलायती ध्वजावहाक सामान बोक्ने जहाज स्टेना इम्पेरोमा कार्यरत १८ जना भारतीयलाई पनि केही हप्ता पहिले कब्जामा लिएको थियो । (रासस)

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारइरानद्वारा नौ भारतीय सैनिक रिहा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img