हाम्रो वारेमा :

बद्लिंदो परिवेशसंगै अत्याधुनिक प्रविधिको विकास द्रुत छ । प्रविधि हर मानिसको जीवनको अभिन्न अङ्ग झै बनिसकेको छ । प्रविधि र सञ्चार एकापसका परिपुरक हुन् । प्रविधि विनाको सञ्चार अपुरो हुन्छ । सञ्चार विनाको जीवनशैली कल्पना पनि गर्न सकिंदैन । आजको युग भनेको सूचना सञ्चार र प्रविधिको हो । मानिसको गाँस, बाँस, कपास र दैनिकी नै सञ्चार र प्रविधिसंग जोडिएको छ । अर्थात् मानव जीवनका लागि यी चिजहरु अनिवार्य÷अपरिहार्य झै भइसकेका छन् । त्यतिमात्र होइन सञ्चार आवाज विहिनहरुको आवाज बोल्ने र अधिकार स्थापित गराउने एक सशक्त माध्यम पनि हो । सञ्चारको विकास क्रमलाई नियाल्ने हो भने भगवानका पालामा नारदले नारायण–नारायण भन्दै एकअर्काकामा सूचना पु¥याउँथे । सत्ययुगिन सूचना प्रणालीका पहिलो स्रोत नारद मानिन्छन् । मानव विकासको शुरुवातसँगै कटुवाल कराउने, सनै बजाउने, दमाहा बजाउने, शंख बजाएर सूचना प्रवाह गरिने परम्परा हुलाकमार्फत चिठीपत्र आदानप्रदान हुँदै प्रिन्ट माध्यममा आइपुगेको इतिहास छ । सूचना प्रविधिजन्य सामग्री, मोवाइललगायतका सञ्चारजन्य प्राविधिक वस्तुको उत्पादनले सञ्चारलाई सहज बनाइदिएको छ । अत्याधुनिक प्रविधिको प्रयोगको विकाससँगै विश्वमा भएगरेका महत्वपूर्ण गतिविधि एउटै कोठाभित्रबाट हेर्न सकिने भएको छ । महिनौं लगाएर समाचार सूचना थाहा पाउने हाम्रो समाज अहिले पलपलको खबर सबैभन्दा छिटो थाहा पाउने माध्यम खोजिरहेको छ । सञ्चारमाध्यमको रुपमा छापामाध्यम (पत्रपत्रिका), इलेक्ट्रोनिक्स सञ्चारमाध्यम (रेडियो, टेलिभिजन) हुँदै विश्वमा सबैभन्दा छिटो (फास्ट) भइरहेको छ अनलाईन मिडिया । विद्युतीय पत्रिकाका रुपमा चिनिने अनलाइन मार्फत क्षणभरमा विश्वमा सूचना प्रवाह गर्ने सशक्त माध्यम बनेको छ । प्रत्येक ब्यक्तिको घरमा सुविधायुक्त मोवाइल हुनेवित्तिकै इन्टरनेटको सहयोगमा घरैमा बसि–बसी छिट्टै सूचना लिनसक्ने भएका कारण पनि अनलाईन मिडिया प्रभावकारी सञ्चारमाध्यम बनिरहेको छ । विगत २१ वर्षदेखि निरन्तर छापा माध्यममार्फत जनतालाई सूसुचित गराउने, विकास र समृद्धितर्फ राज्यलाई बाटो देखाउने र झक्झक्याउने तथा परिवर्तनलाई संस्थागत गर्ने कुरामा कलम चलाउँदै आएको जनआन्दोलन साप्ताहिक पत्रिकाले पनि पाठकको रोजाई, शुभेच्छुकको सुझाव र आजको आवश्यकता अनुसार अनलाईन मार्फत विश्व सामु पुग्ने प्रयास स्वरुप विद्युतीय सञ्चारमाध्यम ‘अनलाईन’ (व्बलबलमयबिल।अयm) लाई रोजेको छ । राजनीतिक घटनाक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, अर्थ, वन वातावरण, साहित्य, मनोरञ्जन÷चलचित्रका साथ देश बाहिरका विषयवस्तु पनि जनआन्दोलन डट.कमले समेट्ने छ । विज्ञान प्रविधि, जीवनशैली, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, समुदायका विविध पक्षका सामग्री यस विद्युतीय संचार माध्यममा अध्ययन गर्न सकिनेछ । समाचार, सन्देश र मनोरञ्जन प्रदान गर्ने भिडियो र अडियोसमेत जनआन्दोलन डट.कम.मा हेर्न र सुन्न सकिने छ । नेपालीसँगै यसले अंग्रेजी र हिन्दी भाषाका सामग्री समेत सम्प्रेषण गर्नेछ । अनलाइनमा गएपछि हरपल अपडेटमा रहने छौं झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको जनआन्दोलन डट.कमले मोफसलका विभिन्न जिल्ला, प्रदेश र संघीय राजधानी तथा विश्वका विभिन्न मुलुकबाट आफ्ना संवाददातामार्फत एकसाथ समाचार, सूचना र सन्देश सम्प्रेषण गर्ने सम्पूर्ण विज्ञ पाठक, शुभचिन्तक र आम जनसमुदायमा जानकारी गराउन चाहन्छौं ।

Copyright © to Janaandolan | Newsportal By by Manish Upreti.